कोरोना अपडेट : विश्वभर हालसम्मकै धेरै संक्रमित थपिए

काठमाडौं, असार २५ । विश्वभर कोरोना भाइरस संक्रमण झन बढ्दै गइरहेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको नयाँ रेकर्ड बनिएको छ । पछिल्लो २४ घण्टामा विश्वभर हालसम्मकै धेरै दुई लाख १२ हजार ६६७ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै अमेरिकामा ६१ हजारभन्दा धेरैमा संक्रमण फेला परेको छ । त्यसपछि ब्राजिल र भारतमा संक्रमणदर उच्च छ । गएको २४ घण्टामा ब्राजिलमा ४१ हजार ५४१ जनामा संक्रमण देखिएको छ भने भारतमा २५ हजार ५७१ जनामा संक्रमण पुष्टि भएको वर्ल्डओमिटरले जनाएको छ ।

पछिल्लो २४ घण्टामा रुस र मेक्सिकोमा ६–६ हजार भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा विश्वभर संक्रमणको कारण पाँच हजार ४९६ जनाको मृत्यु भएको छ । योसँगै विश्वभर संक्रमणका कारण ज्यान गुमाउनेको संख्या पाँच लाख ५१ हजार १७० पुगेको छ ।

गएको २४ घण्टामा सबैभन्दा धेरै ब्राजिलमा एक हजार १८१ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । यस्तै मेक्सिकोमा ८९५, अमेरिकामा ८७३, भारतमा ४९१, रुसमा १७३, पेरुमा १८१, चिलीमा १३९, बेलायतमा १२६, इरानमा १५३, दक्षिण अफ्रिकामा एक सय, कोलम्बियामा १६८ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । एजेन्सी


२५ असार २०७७, बिहीवार ०२:२८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु