भोटेकोशीले जम्बु बजार बगायो: १९ वेपत्ता, दुईको मृत्यु

काठमाडौं, असार २५ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाको जम्बु बजार भोटेकोशी नदीमा आएको बाढीले १५ घर बगाएको छ। बाढीले १९ जना बेपत्ता भएका छन् भने दुई जनाको मृत्यु भएको छ ।

स्थानीयकाअनुसार  १४ घरका १९ जना हराइरहेको र दुई जनाको शव फेला परेको छ । बाढीमा हराइरहेकाहरुको खोजी कार्य भैरहेको उनले बताए ।

इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले बाढीले घरहरु बगाएको र केही व्यक्ति वेपत्ता भएको बताउनुभयो ।


२५ असार २०७७, बिहीवार ०२:१८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु