punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

डोटीमा मिनिट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु

Chaupati
safha napa

डोटी,असार १ । डोटीमा मिनिट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको बडिकेदार गाउँपालिकाको वडा नम्वर ३ सुनालेकमा से१ख १२६२ नम्बरको मिनिट्रक दुर्घटना हुँदा बुवाछोराको मृत्यु भएको हो।

मृत्यु हुनेमा वडा नम्वर ३ का ४० बर्षीय डबल पुनमगर र उनका १३ बर्षीय छोरा धिरज रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

घागलबाट धनगढी जादै गरेको उक्त मिनिट्रक सोमबार पौने तीन बजे सुनालेक नजिक दुर्घटना भएको हो । पानि परेर बाटो चिप्लो भएका कारण गाडी दुर्घटना हुँदा ट्रक सडकबाट एक सय मिटर तल खसेको छ।ट्रकमा सवार अन्य हाम फालेर बाच्न सफल भएका छन् ।


१ असार २०७७, सोमवार १०:१६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु