क्वारेन्टाइनमा बाजुराका एक व्यक्तिको मृत्यु
बाजुरा,जेठ,२४ । जिल्लाको खप्तड छेडेदह गाउँपालिका वडा न ७ मा क्वारेन्टाइनमा बसेका एक जनाको मृत्यु भएको छ । जेठ १५ गते भारतबाट आएर क्वारेन्टाइनमा बसेका ६५ बर्षिया बृद्धको मृत्यु भएको हो ।
हिजो साँझदेखि खाना नखाएको र राती एकाएक बिरामी भएर मृत्यु भएको खप्तड छेडेदह गाउँपालिका वडा न ७ का वडा अध्यक्ष खगेन्द्र रावतले बताए । गाउँमै रहेको मष्टा आधारभुत बिद्यालय बुढाबाडाको क्वारेन्टाइनमा उनको मृत्यु भएको वडाअध्यक्ष रावतले जानकारी दिएका छन् ।
मृतक बृद्धा २५ बर्षदेखी भारतमा बस्दै आएका थिए । यही जेठ १५ गते मात्र गाउँमा आएका हुन वडा अध्यक्ष रावतले भने । मृतकको कोरोना परिक्षणका लागि स्वाब संकलन गरिने प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले बताएका छन । मृतकको स्वाब संकलन गरी धनगढी प्रयोगशालामा पठाउने प्रजिअ गैरेले बताए । उनको शवको व्यस्थापन नेपाली सेनाले गर्ने पनि प्रमुख जिल्ला अधिकारी गैरेले बताएका छन् ।
२४ जेठ २०७७, शनिवार ०५:२१ बजे प्रकाशित












