सुदूरपश्चिम सरकारको नीति तथा कार्यक्रम बहुमतले स्वीकृत
धनगढी, जेठ २३ । सुदूरपश्चिम प्रदेशसभाको बैठकले आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रमलाई बहुमतले स्वीकृत गरेको छ ।सुदूरपश्चिम प्रदेश सरकारले यही जेठ १९ गते आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गरेको थियो ।
आजको बैठकमा मुख्यमन्त्री त्रिलोचन भट्टले नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै उपयुक्त सुझावलाई नीति तथा कार्यक्रम र बजेटमा समेट्ने प्रतिबद्धता व्यक्त गरे । उनले प्रदेश सरकारलाई केही संयन्त्र अभावमा काम गर्न असहज हुँदाहुँदै पनि जनतालाई राहत हुने काम गरेको जिकिर गरे ।
२३ जेठ २०७७, शुक्रवार १४:३६ बजे प्रकाशित












