धनगढीमा निर्माण भएको कोरोना अस्पतालबाट सेवा दिन सुरु
धनगढी,जेठ २३ । धनगढीमा निर्माण भएको कोरोना अस्पतालबाट सेवा प्रवाह गर्न सुरु गरिएको छ। सुदूरपश्चिम प्रदेश सरकारको बजेटमा स्वास्थ्य कार्यालय कैलालीले निर्माण गरेको कोरोना अस्पतालबाट बिहीबारदेखि सेवा सुरु गरिएको सेती प्रादेशिक अस्पतालले जनाएको छ।
अस्पतालले विज्ञप्ति जारी गर्दै विद्युत थ्री फेज लाईन, जेनेरेटर, खानेपानी, भेन्टिलेटरसहित पाँच शय्याको आईसियू, अक्सिजन सप्लाई, सिसी टिभीलगायतका आवश्यक पूर्वाधार उपकरण जडान गर्दै सेवा सञ्चालन गरिएको जनाएको हो। प्रदेश सरकारले ५० शय्याको आईसोलेसन वार्डसहितको कोरोना अस्पताल भवन निर्माण गरेको थियो।
२३ जेठ २०७७, शुक्रवार ०३:३३ बजे प्रकाशित












