५० शैयाको कोरोना अस्पताल सेती अस्पताललाई हस्तान्तरण

धनगढी,जेठ १२ । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा ५० शय्याको कोरोना अस्पताल भवनको निर्माण सम्पन्न भएको छ। कोरोना संक्रमित र शंकास्पद बिरामीको उपचारका लागि प्रदेस सरकारले ९४ लाखको लागतमा वडा प्रहरी कार्यालय नजिक ५० शैयाको आइसोलेसन वार्ड निर्माण गरेको हो ।

नवनिर्मित वार्डलाई आज प्रदेसका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले सेती प्रादेशिक अस्पताललाई हस्तान्तरण गरेका हुन ।

अब संक्रमित र आइसोलेसनमा राखिएका बिरामीलाई नयाँ वार्डमा सारेर उपचार गरिने सेती प्रादेशिक अस्पतालका मेसु डाक्टर हेमराज पाण्डेयले बताए ।

सेती अस्प्तालमा आइसोलेसनमा रहेका संक्रमित र शंकास्पद बिरामीलाई नयाँ वार्डमा सारिने उनले बताए । सेती अस्पतालमा हाल पाँच जना कोरोना संक्रमित र दुई जना शंकास्पद बिरामीको उपचार भइरहेको छ ।


१२ जेठ २०७७, सोमवार १४:३८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु