punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

जबर्जस्ती विवाह गरिदिएपछि किशोरीद्वारा आत्महत्या

Chaupati
safha napa

रुपन्देही,जेठ १२ । रुपन्देहीको देवदह नगरपालिका ११ की १५ वर्षीया किशोरी झुण्डिएको अवस्थामा फेला परेकी छन्। शनिबार अपराह्न ५ बजे वडा नं २ मा पर्ने रोहिणी खोलाको किनारमा रुखमा झुण्डिएको अवस्थामा उनको शव फेला परेको हो।

उनले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। वडा नं ११ का अध्यक्ष अमरबहादुर चौधरीका अनुसार शनिबार बिहान किशोरीलाई त्यहाँका स्थानियले सोही वडाकै एक युवकसँग जवरजस्ती विवाह गरिदिएका थिए । शुक्रबार राति १० बजे गाउँको पूर्वपट्टि ती युवक र युवतीलाई सँगसँगै देखेको भन्दै स्थानीयले उनीहरुलाई विवाह गर्न दबाब दिएका थिए। स्थानीयले किशारीको उमेर निकै कम भएको थाहा पाउँदा पाउँदै पनि युवकलाई बिहे गर्न दबाब दिएका वडाध्यक्ष चौधरीले बताए ।
दबाबकै कारण युवकले किशोरीलाई घर लिएर गए पनि त्यहाँ युवकको आमाले घर भित्र्याउन नमानेका वडाध्यक्षको भनाइ छ। चौधरीका अनुसार दलित समुदायकी किशोरी भएकाले युवककी आमाले पस्न दिएकी थिइनन् । स्थानीयको दबाबमा जबरजस्ती विवाह गर्नुपरेको तर, केटा पक्षका घरमा स्वीकार नगरेको हुँदा किशोरीले आत्महत्या गरेको हुनसक्ने प्रहरी बताउँछ। घरमा आमा र एक भाइसँग बस्ने किशोरीका बाबु पहिले नै बितिसकेका छन्।

यता प्रहरीले शनिबार राति ९ बजे नै किशोरीको शवलाई पोस्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा राखेको छ। घटनामाथि अनुसन्धान सुरु भइसकेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालयमा सोमबार जाहेरी दर्ता गरिने वडाध्यक्ष चौधरीले बताए।


१२ जेठ २०७७, सोमवार १५:११ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु