punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सरकारको आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम आज प्रस्तुत हुने

Chaupati
safha napa

काठमाडौँ, २ जेठ । सरकारले आर्थिक वर्ष २०७७- ७८ को नीति तथा कार्यक्रम आज प्रस्तुत गर्दैछ। राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त बैठक (प्रतिनिधिसभा र राष्ट्रियसभा) मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने संसद सचिवालयले जनाएकोछ । सङ्घीय संसद् सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेका अनुसार अपराह्न ४ः०० बजेका लागि संयुक्त बैठक आह्वान गरिएको छ।

सबै सांसदलाई बैठक कक्षमा नीति तथा कार्यक्रम प्रस्तुत हुनु अगावै ३ः४५ बजे उपस्थितिका लागि अनुरोध गरिएको छ । त्यस्तै सांसदलाई मर्यादित पोशाकमा उपस्थिति हुन आग्रह गरिएको छ ।

विश्व स्वास्थ्य संगठनले निर्देशित गरेका सबै मापदण्ड पूरा गरी, स्वास्थ्य टोलीको सुझाव अनुसार दुरी कायम गरेर बसाइ व्यवस्थापन मिलाइएको छ ।

नीति तथा कार्यक्रममा स्वास्थ्य पूर्वाधार, कृषि र रोजगारीलाई उच्च प्राथमिकतामा दिइएको बताइएको छ । जेठ १५ गते सरकारले  यही नीति तथा कार्यक्रमकै आधारमा आर्थिक वर्ष २०७७-०७८ को बजेट ल्याउने छ ।


२ जेठ २०७७, शुक्रवार ०२:३३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु