पुर्ब राजाको पास खारेजीमा सरकारलाई युवानेता भण्डारीको चेतावनी
१ जेठ काठमाडौं ,नेपाली कांग्रेसका युवानेता क्षितिज भण्डारीले भ्रष्ट, राष्ट्रघाती र हिंसावादीले लक डाउनमा पास पाँउदा पुर्ब राजा र पहुँचविहिन गरिबको पास रद्ध गर्ने सरकारी पक्षपातपुर्ण नीति र दुर्ब्यवहार विरुद्ध प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी दिएका छन् ।
गणतन्त्र ल्याउनको लागि दर्जनौं पटक जेल बसि मरणासन्न घाईते समेत भएका चर्चित नेता भण्डारीले सरकारले निर्णय नसच्चाउने हो भने पुर्ब राजा पैदल नै प्रधानमन्त्रीको जिल्लाबाट हिडेर काठमाडौ आएमा हजारौं नागरिक पनि संगसंगै नारायणहिटितर्फ लाग्नेछ्न र त्यसको भयावह परिणाम समेत दुरदर्शिता पुर्बक अनुमान गर्न प्रधानमन्त्री र नेकपालाई चेतावनी दिएका छन् ।
नेबिसंघ पुर्ब कावा अध्यक्ष भण्डारीले सामाजिक सन्जाल मार्फत लेखेका छन् । प्रधानमन्त्री कै गृह जिल्ला झापामा बिगत डेढ महिनादेखि लक डाउन परिपालन गरेर बसेपछि हाल काठमाडौं फर्कनलाई पुर्ब राजाद्वारा जिल्ला प्रशासनमा पासको लागि नियमानुसार निवेदन दिइएको थियो । लामो छलफलपछि पास जारी पनि गरिएको प्रसङ्ग उठाउदै सरकारलाई प्रश्न गरेका छन – त्यो पास जारी गरिएको केही समय भित्रै, रहस्यमय ढंगले माथीको आदेशमा गृहमन्त्रालयले किन खारेज गर्यो । जारी पासमा प्रकृया नपुगेको कारण देखाईएको भएपनि यो सरकारको मनोबली ले खारेज गरेको भण्डारीको तर्क छ ।
युवानेता भण्डारी पुर्ब राजाको अपमान गर्ने गरि बिवादस्पद ढंगले पास रद्धको कारण बारे आशंका गर्छ्न कि- यो कोरोना महासंकटमा पुर्ब राजाले गरेको करोडौं सहयोग अनि सरकारले सिमा रक्षा गर्न नसकेको प्रसङ्गमा गरेको आलोचनाको कारणले काठमाडौ आउन नदिएर हतोत्साहित पार्न खोजिएको हो । वहाँले दुईतिहाईको बर्तमान सरकारले जनहितमा काम गर्नुको सट्टामा सयौं भ्रष्टाचार र स्वाधिनता रक्षामा असफलताको काण्डहरु मा फस्दै आलोचकलाई जेल हाले झै पुर्ब राजालाई राजधानी बाहिर नै थन्काउने मुर्खतापुर्ण रणनीति आलोच्य रहेको बताउछन् ।
नेता भण्डारी भन्छन् – हामी राजावादी पनि होइनौ र हामीलाई राम्रोसंग ज्ञात छ कि – नेपालको संविधानले पूर्वराजा ज्ञानेन्द्र शाहलाई आम नेपाली नागरिक सरह मात्र हैसियत दिएको छ । तर ओलि सरकारलाई समेत यो स्मरण रहोस यही नागरिक सरह समान हैसियत पुर्ब प्रधानमन्त्री, पुर्ब मन्त्री, सचिब र सुरक्षानिकाय प्रमुखको पनि हो । त्यसमाथि पुर्ब राजपरिवारको अपमान गर्ने संबेदनसिल मुद्दामा पास खारेजको आत्मरतीमा रमाउनुको सट्टामा सरकारले न्यायपुर्ण र समान व्यवहार गर्नसक्नुपर्छ ।
नेता भण्डारीका अनुसार दोस्रो जनआन्दोलन पछि शान्तिपूर्ण गद्दी त्याग गरेका पुर्ब राजालाई बिगतको सरकारहरुले सुरक्षाकर्मी, नागार्जुन दरबार र अति विशिष्ट सुबिधा सहित पुर्ब राष्ट्र प्रमुख सरह सम्मान दिदै आएको जनतालाई अवगतै छ । त्यसैगरी बिगतमा पनि पुर्ब राजाले मठमन्दिर दर्शन अभियान गर्दा वा जनताको सुख को प्रसङ्ग उठाउदा गणतन्त्रको जग कमजोर पार्ने षड्यन्त्र गरेको नकारात्मक टिप्पणी सरकार र शिर्ष नेताले गर्दै आएको मुद्दामा नेपाल सरकारसंग भण्डारीको प्रश्न छ – के हाम्रो लोकतान्त्रिक गणतन्त्रको जग सिमेन्टको नभएर कमजोर बालुवाको हो र? जुन पुर्ब राजाले धार्मिंक यात्रा गर्दा, केही करोड जनतालाई बडदा, भ्रष्टाचार र सिमा सुरक्षाको मुद्दामा बोल्दा नै भुकम्पले झै हल्लिन्छ?
यस्तो जगहसाईपुर्ण कुन्ठाग्रस्त मनोबिज्ञान त्यागेर राजादेखी पहुँचबिहिन र गरिब नागरिकलाई समेत स्थानीय तह बाट आवश्यकताको आधारमा पास बितरण गर्दै संविधानको मर्म अनुसारको पुर्ब राजा, शासक र जनता समान व्यवहारको माग गर्दै निर्णय सच्चाउन प्रधानमन्त्री ओलीलाई युवानेता भण्डारीले चेतावनी दिएका छ्न ।
१ जेठ २०७७, बिहीवार १८:११ बजे प्रकाशित













