बोलन्या थलीले ग¥यो बिपन्न घरपरिवारलाई खाद्यान्न सहयोग
धनगढी : बोलन्या थलीले दैनिक काम गरेर घर खर्च चलाउने २५ घरपरिवारलाई घरदैलो गरेर खाद्यान्न सामग्री बितरण गरेको छ । कोरोना जोखिमबाट बच्न सरकारले देशभरी लकडाउन लगाए पछि धनगढी उपमहानगरपालिका स्थित वडा नम्बर ७ देवरियामा दैनिक मजदुरी गरेर घरखर्च चलाउन समस्यामा रहेका २५ घरपरिवारलाई घर मै पुगेर खाद्यान्न सामग्री बितरण गरेको हो ।
बोलन्या थलीले सन्चालन गरेको आश्रय-अड्डाबाट दाना पानी अभियान मार्फतको दोस्रो दिन आईतबार देवरियामा रहेका २५ घरपरिवारलाई घरदैलो गरि नुन , तेल , दाल , सोया , मसला सामाग्री बितरण गरेको बोलन्या थलीका संयोजक यादव जोशीले बताए ।
उत्त अभियानमा धनगढी उपमहानगरपालिका ७ की दिपा जोशी ,कोरियामा रहेका प्रकाश पाण्डे, पाटन नगरपालिकामा कार्यरत अधिकृत महेश भट्ट,बोलन्या थलीको कोषमा रहेको रकम र आमा हरिना देबि जोशीले सहयोग गरेको संयोजक जोशीले बताए ।
यसैगरी दैनिक ज्याला मजदुरी गरेर जिबिको पार्जन गर्ने समस्यामा रहेका मनेहरा शिबिरका ७० परिवारलाई सहयोग गरेको थियो ।
यस्तै बोलन्या थलीले पश्चिम सेतीका लागि माइतीघर मण्डलामा कचौरा जुलुस, सुदूरपश्चिमबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने १३ जना सांसद,काङ्ग्रेस सभापति शेर बहादुर देउवासँग छलफल र संगीत संघर्ष कार्यक्रम गरिसकेको छ भने पश्चिम सेती निर्माणका लागि दबाब दिन प्रधानमन्त्रीलाई एक लाख पत्र संकलन कार्य र गन्तव्य स्थान पुग्न नसकेका ब्यक्तिका लागि धनगढीमा आश्रय -अड्डा संचालन गरेको छ ।
बोलन्या थली सुदुरपश्चिम प्रदेशमा नागरिक अभियानको रुपमा रचनात्मक आन्दोलन गर्दै आईरहेको गैर नाफामुलक संस्था हो ।
१६ चैत २०७६, आइतवार ०९:४८ बजे प्रकाशित