punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीमा अनिश्चितकालीन निषेधाज्ञा जारी

Chaupati
safha napa

धनगढी : कोभिड–१९ (कोरोना भाईरस) को संक्रमणबाट जोगिन जिल्ला प्रशासन कार्यालय कैलालीले कैलाली जिल्लामा २ बजेदेखि अनिश्चितकालीन कर्फ्यू (निषेधाज्ञा जारी) लाग्ने जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीमा प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले आज दिउसो दुई बजेदेखि लागु हुने गरी अर्को सूचना जारी नभएसम्म कैलाली जिल्लामा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

आज दिउसो दुई बजेदेखि कैलालीका सीमाहरु पूर्ण रुपमा बन्द रहनेछन् । अत्यावश्यकीय पसलहरु बाहेक अन्य पसल, कलकारखाना, उद्योग धन्दा पूर्ण रुपमा बन्द रहनेछन् । प्रजिअ बोहराले निषेधाज्ञा अबधीमा भेला र भीडभाड गर्न, सवारी साधन र आवत जावत समेत पूर्ण रुपमा निषेध गरिने बताए ।

केही बेरमा जिल्ला प्रशासन कार्यालय कैलालीले निषेधाज्ञाका बारेमा आम जनतालाई सुसूचित गर्न माईकिङ गर्ने जनाएको छ । निषेधाज्ञा एक प्रकारले कफ्र्यु सरह हो । जिल्ला प्रशासन कार्यालयको अनुमती बिना र अत्यावश्यकीय काम बाहेक अन्य प्रयोजनमा हिडडुल गर्न नपाउने जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीले जारी गरेको सूचनामा निषेधाज्ञा उल्लंघन गर्ने व्यक्तिलाई कडा कारबाही गर्ने जनाएको छ ।


१० चैत २०७६, सोमवार ०८:१० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु