टाउकोमा हतौडा हानेर कैलालीमा श्रीमतीको हत्या

कैलाली : कैलालीको लम्कीमा एक जना पुरुषले आफ्नौ श्रीमतीको टाउकोमा हतौडा हानेर हत्या गरेका छन । लम्कीचुहा नगरपालिका वडा नम्वर ९ बस्ने भक्तवहादुर धामीले ६२ बर्षीय श्रीमती धारुदेवी धामीको हत्या गरेका हुन् ।

शनिबार श्रीमानको हतौडा प्रहारबाट घाईते भएकी धारुदेवीको आईतबार मृत्यु भएको हो । उनको कोहलपुर अस्पतालमा उपचार क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए ।


९ चैत २०७६, आइतवार १५:४९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु