निर्मलाको न्यायका लागि युवतीले गरिन् कपाल मुण्डन

काठमाडौं : निर्मला पन्तका बलात्कारी हत्यारालाई कार्वाहीको माग गर्दै एक युवतीले कपाल मुण्डन गरेकी छन् । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका बलात्कारी हत्यारा सार्वजनिक नहुँदा देशमा दण्डहिनता बढेको भन्दै काठमाडौंको सितापाइलाकी सरिता खड्काले कपाल मुण्डन गरेकी हुन् ।
घटनाको १९ महिना बितिसक्दा पनि सरकारले हत्यारा पत्ता लगाउन नसकेपछि दबाब स्वरुप आफूले कपाल मुण्डन गरेको खड्काले बताइन् ।
२८ वर्षीया खड्काले निर्मलाले न्याय नपाउदा अपराधले प्रसय पाएको, बलात्कारका घटना बढेको र हिंसा पीडितमा न्यायप्रतिको विश्वास घटेको भन्दै सरकारलाई दबाब यस्तो गरेको बताइन् ।यसअघि गत वर्ष अभियन्ता सावित्री सुवेदीले निर्मलाको न्यायको लागि भन्दै कपाल मुण्डन गरेकी थिइन् ।


२१ फागुन २०७६, बुधवार ०८:०६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु