जङ्गली हात्तीको बथानद्वारा गहुँ बालीमा क्षति

कञ्चनपुर :कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको चुरे क्षेत्र नजिकका बासिन्दाले लगाएको अन्न बालीमा जङ्गली हात्तीको बथानले व्यापक क्षति पु¥याउन थालेको छ । तीन दिनदेखि करीब २० सङ्ख्यामा रहेको हात्तीको बथानले गहुँ, केराउ, मसुरोलगायतको बालीमा नोक्सान पुरयाएको हो।

हात्तीको बथान रातिको बेला स्थानीय किसानको खेतमा छिरेर बालीमा क्षति पु¥याउदै आएको छ । नगरपालिका–८ मा मात्रै हात्तीको बथानले सात जना किसानले खेतमा लगाएको गहुँलगायतको बालीमा क्षति गरेको वडाध्यक्ष बहादुरसिंह महराले बताए । सामुदायिक वन क्षेत्रमा लगाइएको १५ मिटर ग्याबिन तारजालीसमेत हात्तीको बथानले चुँडालेको छ ।

हात्तीको बथान साँझ नपर्दै नजिकैका सामुदायिक वनबाट खेतमा छिरेर क्षति पु¥याउन थालेपछि स्थानीयवासी हात्ती भगाउनकै लागि रातभर जाग्राम बस्दै आएका छन् ।


१९ माघ २०७६, आइतवार ११:३२ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु