कैलालीमा माघ २५ गतेदेखि हात्तीपाइले रोग विरुद्धको औषधि खुवाईने
धनगढी : कैलालीमा माघ २५ गतेदेखि हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने भएको छ । परजिविबाट संक्रमित लामखुट्टेको टोकाईबाट सर्ने हात्तिपाईले रोगको निवारणका यो अभियान सुरु हुन लागेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
सुदुर पश्चिमको कैलाली कञ्चनपुरमा बढी जोखिम रहेकाले हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने अभियानलाई निरन्तरता दिईने आईतवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको हो । तर यो औषधी दुईवर्ष नपुगेका बालबालिका, गर्भवती र ७ दिनसम्मका सुत्केरी, छारे रोगी तथा सिकिस्त बिरामीले भने खान नहुने जनाएको छ ।
अरु व्यक्तिले खानासँगै वा खानापछि यो औषधी खान मिल्ने छ । कैलालीमा मात्रै नौ लाख भन्दा बढी जनसंख्यालाई हात्तीपाइले रोग विरुद्धको औषधि खुवाईने भएको हो ।
१९ माघ २०७६, आइतवार ०८:३३ बजे प्रकाशित