छाउगोठ भत्काउने अभियानलाई असहयोग शिक्षक पक्राउ

अछाम : अछामको चौरपाटी गाउँपालिका वडा नं.४ पायलका वडा अध्यक्ष हर्क लोहारकोे छाउगोठ भत्काउने क्रममा सोही ठाउमा रहेको पायलको मष्टामाण्डौ छाउगोठ भत्काउने अभियानलाई असहयोग गर्ने शिक्षक पक्राउ परेका छन ।

अछाम चौरपाटी गाउँपालिका वडा नं.४ पायलका वडा अध्यक्ष हर्क लोहारकोे छाउगोठ भत्काउने क्रममा सोही ठाउमा रहेको पायलको मष्टामाण्डौ आधारभूत विद्यालयका शिक्षक खम्म धामीलाई प्रकाउ गरिएको हो ।

छाउगोठ भत्काउने क्रममा वडा अध्यक्षलाई धामीले जातीय गालीगलौज गरेको अछाम जिल्ला प्रहरी प्रमुख डीएसपी दिपक भारतीले बताउनुभयो । उहँँका अनुसार वडा अध्यक्ष लोहारको मुद्दा परेपछि धामीलाई शुक्रबार जिल्ला सदरमुकाम मंगलसेनबाट पक्राउ गरिएको जनाएको छ ।

यस्तै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) चौरपाटी संगठन कमिटीले पनि प्रेस विज्ञप्ति जारी गर्दै अध्यक्ष लोहारलाई गालीगलौज, अभद्र तथा हातपातको प्रयास गर्ने शिक्षक खम्म धामीलाई कडा कार्वाहीको माग गरिएको छ ।


१९ माघ २०७६, आइतवार ०७:३६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु