कोरोना भाईरसका कारण ज्यान गुमाउनेकाे सङ्ख्या ३ सय ४ पुग्याे

काठमाण्डौ : चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरसको प्रकोप बढिरहेको छ ।

कोरोना भाइरसका कारण चीनमा अहिलेसम्म ज्यान गुमाउनेको सङ्ख्या तीन सय चार पुगेको अधिकारीहरुले जनाएका छन् । त्यस्तै सङ्क्रमित हुनेको सङ्ख्या १४ हजार नाघेको चीन सरकारले बताएको छ ।

तीन सय ३० जना उपचारपछि पूर्ण रुपमा निकाे भएर घर फर्किएकाे चिनियाँ अधिकारीहरुले दाबी गरेका छन् ।

अमेरिका र अस्ट्रेलियाले कोरोना भाइरसको प्रकोपलाई मध्यनजर गर्दै पछिल्लो दुई हप्ता चीन भ्रमणमा गएका विदेशी नागरिकलाई आफ्नो देश प्रवेश गर्न रोक लगाएका छन् ।


१९ माघ २०७६, आइतवार ०३:३७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु