punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

छाउगोठ भत्काउने प्रहरीमाथि आक्रमण गर्ने महिला पक्राउ

Chaupati
safha napa

अछाम : अछाममा प्रहरीमाथि आक्रमण गर्ने महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ। बान्नीगढी जयगढ गाउँपालिका–३ धारासैन टोलमा शनिबार छाउगोठ भत्काउन गएको प्रहरी टोलीमाथि आक्रमण गर्ने स्थानीय धना साउदलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

साउदको प्रहारबाट प्रहरी हवल्दार धनबहादुर कैलाको मेरुदण्डमा चोट लागेको छ। हवल्दार कैलाको स्थानीय स्वास्थ चौकीमा उपचारपछि प्रहरी चौकी जयगढ पठाइएको छ। साउदलाई शनिबार नै नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक दिपक भारतीले जानकारी दिए।


१९ माघ २०७६, आइतवार ०७:४८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु