खप्तड गोल्डकप फागुन ९ गतेबाट हुने

धनगढी : नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकप यसवर्ष फागुन ९ गतेदेखि २० गतेसम्म आयोजना हुने भएको छ । प्रतियोगितामा १२ वटा टिमको सहभागिता रहने आयोजक सुदूरपश्चिम–११ स्पोर्टस् क्लबले आज पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ ।
प्रतियोगिता विजेता टिमले नगद २१ लाख र उपविजेताले नगद १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने क्लबका महासचिव प्रकाश शाहीले जानकारी दिए । खप्तड गोल्डकपको यसवर्ष चौथो संस्करण हो । प्रतियोगिता धनगढीस्थित क्षेत्रीय रंगशालामा हुनेछ । प्रतियोगिता आयोजना गर्नका लागि एक करोड ५० लाख रुपैयाँ खर्च हुने जनाइएको छ ।


१८ माघ २०७६, शनिवार ०९:५४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु