punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बाजुरामा मौसमी फ्लुको संक्रमणले ३० विद्यार्थी बिरामी

Chaupati
safha napa

बाजुरा : मौसमी फ्लुको संक्रमणबाट हिमाली गाउँपालिकामा ३० विद्यार्थी एकैसाथ बिरामी परेका छन्। वडा ६ धुलाचौरमा रहेको एन्जल इङ्लिस बोर्डिङ स्कूलमा अध्ययन गर्ने विद्यार्थी बिरामी परेका प्रिन्सिपल दिनेश सागरले जानकारी दिए।

विद्यालयमा अध्ययन गर्ने १०० विद्यार्थीमध्ये ३० बिरामी परेका छन्। तीमध्ये तीन सिकिस्त बिरामी छन्। तीन दिनदेखि विद्यालयमा संक्रमण फैलिएको सागरले बताए। शुरुमा दुई जनामा फैलिएको र तीन दिनमै ३० मा संक्रमण देखिएको बताइएको छ। एकैसाथ ठूलो संख्यामा विद्यार्थी बिरामीले थला परेपछि विद्यालय नै बन्द गरिएको छ।


१८ माघ २०७६, शनिवार १०:०१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु