पाँच सयले बढ्यो सुनको भाउ
काठमाण्डौं : नेपाली बजारमा आइतबार सुनचाँदीको भाउ बढेको छ । आजका लागि नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनको भाउ तोलाको ७६ हजार ५ सय रुपैयाँ कायम गरेको छ । गत शुक्रबार तोलाको ७६ हजारमा स्थिर थियो ।
यस्तै तेजाबी सुनको भाउमा पनि तोलामा पाँच सय रुपैयाँले बढ्दै ७६ हजार २ सय रुपैयाँ कायम भएको छ । गएको शुक्रबार भने तेजाबी सुन तोलाको ७५ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।यसैगरी चाँदीको भाउ पनि बढेको छ ।
शुक्रबार तोलाको ८ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार तोलामा ५ रुपैयाँले बढ्दै ८ सय ८५ कायम भएको महासंघले जनाएको छ ।
४ फागुन २०७६, आइतवार ०७:१६ बजे प्रकाशित