खैरो हिरोइन सहित दुई जना पक्राउ

धनगढी : कैलाली टीकापुरबाट प्रहरीले लागु औषध खैरो हिरोइन सहित दुई जनालाई पक्राउ गरेको छ । टीकापुर ९ स्थित खक्रौला सडक खण्डमा भारत बाट ल्याउँदै गरेको ३० ग्राम ९०० मिली ग्राम खैरो हिरोइन सहित प्रहरीले चन्द बहादुर बुढा र रमेश शाहीलाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको विशेष टोलीले उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।


४ फागुन २०७६, आइतवार ०६:५२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु