धनगढीमा क्यान इन्फोटेक आयोजना हुने

धनगढी : कम्प्युटर एसोसिएसन नेपाल महासघ (क्यान) को आयोजनामा धनगढीमा क्यान इन्फोटेक आयोजना हुने भएको छ । चैत्र ४ देखि ७ गते सम्म इन्फोटेक आयोजना हुने जनाइएको छ ।

सुचना तथा संचार प्राविधिका क्षेत्रमा भएको बिकास एवं प्रबिधिको जानकारीका लागि प्रदर्शनी हुने क्यानले जनाएको छ । बिहिबार धनगढीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा इन्फोटेक बारे जानकारी गराइएको हो । प्रदर्शनीमा विभिन्न रास्ट्रीय तथा अन्तर्रा्ष्ट्रिय स्तरका कम्पनी हरुको सहभागिता रहने जनाइएको छ ।

इन्फोटेकले सरकारले ल्याएको “डिजिटल नेपाल फ्रेमवर्क“ तथा पर्यटन भ्रमण बर्ष २०२० लाई पनि सहयोग पुग्ने बिश्वास लिइएको आयोजन सस्थाका महासचिव यज्ञराज ओझाले बताए । इन्फोटेकमा २ करोडको कारोबार हुने एवं १ लाख अवलोकनकर्ताले अवलोकन गर्ने अनुमान गरिएको इन्फोटेकका संयोजक तथा क्यानका केन्द्रिय सदस्य खेमराज ढुङ्गानाले बताए । मेला ४ दिन सम्म धनगढीको ओम प्यालेसमा आयोजना हुने छ ।


२३ माघ २०७६, बिहीवार १२:२४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु