कञ्चनपुरमा ११ किलोग्राम चरेशसहित ३ जना पक्राउ

कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिका– ३ भाँसीबाट ११ किलोग्राम चरेशसहित ३ जना पक्राउ परेका छन् ।लागुऔषध नियन्त्रण व्युरोको टोलीको सहयोगमा जिल्ला प्रहरी कार्यालययको टोलीले चेकजाँचको क्रममा चरेश सहित ३ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बझाङ केदारस्यु गाँउपालिका–६ का मकर धामी, कञ्चनपुर बेदकोट नगरपालिका–६ गाउँजी गोपाल धामी र बझाङको बुङगल नगरपालिका–२ का जयबहादुर धामी छन् ।

उनीहरुलाई ब्रह्मदेव लिंक रोड नजिकैबाट गोप्य सूचनाका आधारमा चेकजाँच गर्दा सो परिमाणमा चरेश बरामद गरिएको डिएसपी रविन्द्र पौडेलले बताए । पक्राउ पर्नेहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


२४ माघ २०७६, शुक्रवार ०१:५६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु