फागुन ३ गते बैतडी समाज कैलालीले धनगढीमा रक्तदान कार्यक्रम आयोजना गर्दै

धनगढी : आउँदो फागुन ३ गते बैतडी समाज कैलालीले धनगढीमा बेहत रक्तदान कार्यक्रम आयोजना गर्न लागेको छ । सामाजिक कार्यमा निरन्तरता दिदै बैतडी समाज कैलालीले चौथो पटक रक्तदान आयोजना गर्न लागेको हो ।

स्थापनादेखी सामाजिक कार्यमा सक्रिय समाजले गत बर्ष निशुल्क आँखा शिबिर र बैतडीमा बृहत स्वास्थ्य शिबिर समेत सम्पन्न गरिसकेको छ ।

यस पटक फागुन ३ गते धनगढी स्थित जलसा होटेल प्रागंणमा रक्तदान कार्यक्रम आयोजना गर्न लागेको कार्यक्रम संयोजक राज बहादूर चन्दले जानकारी दिए । रक्तदान कार्यक्रममा दार्चुला मालिकार्जुन समाज र प्राइभेट अस्पताल एशोसिएशनले समेत सहकार्य गर्ने संयोजक चन्दले बताए ।

साथै बैतडी समाज कैलालीले बार्सिक रुपमा पुख्र्यौली जिल्लामा गर्ने बृहत स्वास्थ्य शिबिर चैतमा हुने बैतडी समाज कैलालीले जनाएको छ ।


१४ माघ २०७६, मंगलवार ११:४६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु