बाजुरामा ४ म्याग्‍निच्यूडको भूकम्प

बाजुरा : बाजुरामा मंगलबार बिहान भूकम्प गएको छ। बिहान ७ बजेर ५९ मिनेटमा चार दशमलव दुई रेक्टरको भूकम्प गएको मापक केन्द्र काठमाडौंले जनाएको छ।

भूकम्प जिल्लाको पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिका साबिकको रुगिन गाविसको उत्तरी भाग र विच्छ्या गाविसको दक्षिणीमा रहेको दोबाटोमा केन्द्र विन्दु बनाएर उक्त भूकम्प गएको भूकम्पविद् मुकुन्द भट्टराईले बताए।

उनका अनुसार त्यस क्षेत्रमा कुनै पनि बस्ती नभएको र बीच बाटो भएकाले केही क्षति गरेको छैन। एकाबिहानै भूकम्प आएपछि जिल्लाका स्थानीयवासी त्रसित बनेका छन ।


१४ माघ २०७६, मंगलवार १०:२४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु