punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सभामुख निर्वाचन आज

Chaupati
safha napa

काठमाडौं : सभामुख चयनका लागि प्रतिनिधिसभामा आज निर्वाचन हुँदैछ । आज ३ बजे बोलाइएको संसद् बैठकले सभामुख चयन गर्नेछ । सभामुखमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता अग्नि सापकोटाको मात्रै उमेदवारी परेको छ ।

उनको मात्रै उमेदवारी परेकाले उनी निर्विरोध निर्वाचित हुने निश्चित छ ।आजको बैठकमा सापकोटाका प्रस्तावक सुवास नेम्वाङले आफ्नो प्रस्ताव पेस गर्नेछन् भने समर्थकमा रहेका पूर्वसभामुख ओनसरी घर्ती, नेकपा प्रमुख सचेतक देव गुरुङ र राजपाका तर्फबाट लक्ष्मणलाल कर्णले समर्थन गर्नेछन् ।

सभामुखका लागि नेकपाबाहेक अन्य कुनै पनि दलले उमेदवारी नदिएका कारण उनी निर्विरोध निर्वाचित हुनेछन् ।उता सर्वोच्च अदालतमा उनीविरुद्ध परेको रिटको आजै सुनुवाइ हुँदैछ ।वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सभामुखमा सापकोटालाई रोक्न माग गर्दै रिट दायर गरेका थिए ।

रिटको सुनुवाइ पनि आजै हुँदैछ । काभ्रेका अर्जुन लामाको हत्या प्रकरणमा जोडिएको भन्दै उनलाई सभामुखमा रोक्नुपर्ने माग गरिएको छ ।उनलाई सभामुख बनाउन लागिएको भन्दै यसअघि राष्ट्रपतिका विज्ञ सल्लाहकार सुशील प्याकुरेलले पनि राजीनामा दिइसकेका छन् ।सर्वोच्चले निवेदकको मागदाबीअनुसार आदेश दिएमा सभामुख चयन प्रक्रिया रोकिन सक्नेछ ।


१२ माघ २०७६, आइतवार ०३:४४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु