छाउपडी गोठ भत्काउने अभियानमा अवरोध गर्ने शिक्षकविरुद्ध उजुरी
अछाम, १२ माघ ।
देशैभर छाउपडी गोठ भत्काउन भत्काउने अभियान चलिरहेका बेला अछाममा छाउपडी गोठ भत्काउने अभियानमा अवरोध गर्ने शिक्षकविरुद्ध प्रहरीमा उजुरी परेको छ ।
जिल्लाको चौरपाटी गाउँपालिका ४ पायलको अमरसैनमा छाउपडी गोठ भत्काएको गालीगलौच गर्ने सोही ठाउँको मष्टामाण्डौ आधारभुत विद्यालयका शिक्षक खम्म धामी विरुद्ध उजुरी परेको हो ।
छाउगोठ भत्काउनेक्रममा शिक्षक धामीले वडाध्यक्ष हर्क लोहारलाई गालीगलौज गरेको जनाएको छ ।शिक्षक जस्तो चेतनशील मान्छेले छाउप्रथाविरुद्ध आवाज उठाउनुको सट्टा गोठ भत्काउने भन्दै आफूलगायतलाई गाली गलौज गरेपछि जनप्रतिनिधिको हैसियतले चुप लाग्ने नमिल्ने भन्दै उजुरी दिएको अध्यक्ष लुहारले बताउनुभयो ।
लोहारले सिउडी प्रहरी चौकीमा कानूनी कार्वाहीको माग गर्दै शनिबार नै उजुरी दिएपनि काँग्रेस निकट धामीको पक्षमा नेपाली काँग्रेसका नेता कार्यकर्ताको चर्को दवाव थेग्न नसकेर प्रहरीले शनिबार नै छाडेको छ ।
१२ माघ २०७६, आइतवार ०४:१२ बजे प्रकाशित