बैतडीमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

बैतडी, ११ माघ।
बैतडीको सुर्नया गाउँपालिका २ सिन्केलेकमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुने धनगढी उपमहानगरपालिका ६ मनहेरा घर भएका २६ बर्षीय दील कुमार चौधरी रहेको प्रहरीले जनाएको छ ।

महाकाली राजमार्ग अन्तर्गत सतबाँझ –गोकुलेश्वर सडकखण्डको सिन्केलेकमा गएराती से २ त ९०१ नम्बरको ट्याक्टर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिए ।दुर्घटनाको कारण भने खुल्न सकेको छैन् ।


११ माघ २०७६, शनिवार ०६:१३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु