कोरोना भाइरसका कारण चीनमा ४१ ज्यानको ज्यान गयो

चीनमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ४१ पुगेको छ । हुवेई प्रान्तमा थप १५ जनाको ज्यान गएसँगै यो भाइरसबाट ज्यान गुमाउनेको संख्या ४१ पुगेको हो ।

कोरोनाबाट १ हजार २ सय ८७ जना संक्रमित रहेका बीबीसीले जनाएको छ । यो भाइरसको संक्रमण युरोपमा पनि पुगेको पुष्टि भएको छ । चीनमा तिब्र गतिमा फैलिरहेको यो भाइरसको संक्रमण फ्रान्सका तीन जनामा देखिएको पुष्टी भएको बीबीसीले जनाएको छ ।

फ्रान्सको पेरिसमा दुई र बोर्डोउमा एकजनामा यो भारइस देखिएको त्यहाँका स्वास्थ्य मन्त्रीले पुष्टि गरेका हुन् । यसैगरी, अमेरिकामा दोस्रो व्यक्तिमा पनि कोरोना भाइरस भएको पुष्टी भएको छ भने थाइल्याण्डमा ५, सिंगापुरमा तीन, भियतनाम र दक्षिण कोरियामा दुई दुई तथा ताइवान र नेपालमा एक एक जनामा कोरोना भाइरस भएको पुष्टी भएको छ ।


११ माघ २०७६, शनिवार ०४:४१ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु