आज तामाङ समुदाले ल्होछार पर्व मनाउँदै

काठमाण्डौ : तामाङ समुदाको नयाँ वर्ष अर्थात सोनाम ल्होछार शनिबार मनाइँदैछ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होछार मनाइन्छ ।

मञ्जुश्री पात्रोअनुसार शनिबारदेखि २८ सय ५६ औँ वर्ष सुरु हुन्छ । शनिबारदेखि सुँगुर वर्ष पूरा गरी मुसा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन अर्थात मेघ, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्षमा सोनाम ल्होछारलाई विभाजन गरिएको छ ।सोनाम ल्होछारका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीसहित विभिन्न दलका नेताहरुले शुभकामना दिनुभएको छ ।


११ माघ २०७६, शनिवार ०४:२७ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु