बाजुरामा हिमपात : हिमपहिरोमा परेर ९ बाख्रा मरे १४ बेपत्ता

बाजुरा ,माघ ३ बाजुरा जिल्लामा हिम पहिरोमा परी ९ बाख्रा मरेका छन् भने १४ बाख्रा बेपत्ता भएका छ्न । जिल्लाको हिमाली गाउँपालिका वडा नम्बर ३ मा हिउँमा पुरिएर ९ बाख्रा मरेको र १४ बाख्रा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक टङ्क प्रसाद भट्टराईले बताए ।

हिमपात अहिले पनि जारी रहेकाले बेपत्ता बाख्राको खोजी गर्न समस्या भइरहेको उनले बताए । उच्च हिमाली तथा पहाडी क्षेत्रमा परेको अत्यधिक हिमपातका कारण जिल्लाको जनजिवन कष्टकर बन्दै गएको छ ।

बाजुरा जिल्लाका हिमाली गाउँपालिका बुढीनन्दा नगरपालिका,बडिमालिका नगरपालिका, गौमुल गाउँपालिका, त्रिवेणी नगरपालिकामा हिमपातका कारण जनजिवन कष्टकर बन्दै गएको छ ।अत्यधिक हिमपातकै कारण मार्तडी कोल्टी सडक खण्ड पुर्णरूपमा अवरुद्ध भएको छ । यातायात अवरुद्ध हुँदा कोल्टी क्षेत्रमा दैनिक उपभोग्य सामाग्रीहरुको समेत अभाव भएको छ ।


३ माघ २०७६, शुक्रवार १२:०९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु