punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रथम सुदुरपश्चिम स्पोर्टस अवार्डः वर्ष पुरुष खेलाडीलाई शारदा राईस मिलको प्रायोजन

Chaupati
safha napa

धनगढी, पुस ०५
धनगढीमा हुने प्रथम सुदूरपश्चिम स्पोर्टस अवार्डलाई राजपुरमा रहेको शारदा राईस मिलले सहयोग गरेको छ । नेपाल खेलकद पत्रकार मञ्च कैलालीले पुस १५ गते आयोजना गर्ने प्रथम सुदूरपश्चिम स्पोर्टस अवार्डको बर्ष पुरुष खेलाडी विधालाई शारदा राईस मिलले प्रायोजन गरेको हो । स्पोर्टस अवार्डमा दिईने ६ वटा विधा मध्येको बर्ष पुरुष खेलाडी विधाको नाम शारदा राईस मिल बर्ष पुरुष खेलाडी हुने भएको छ । विधा प्रायोजन सम्बन्धी सम्झौता पत्रमा शारदा राईस मिलका प्रबन्ध निर्देशक तथा युवा व्यवसायी राहुल गुप्ता र नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका सल्लाहकार दिपक उपाध्यायले हस्ताक्षर गर्नुभएको छ ।

सम्भावना बोकेका खेलाडी, प्रशिक्षक र खेलप्रेमीहरुलाई सम्मान गर्नका लागि हुन गईरहेको अवार्डमा सामाजिक उत्तरदायित्व सम्झेर सहयोग गरेको शारदा राईस मिलको प्रबन्ध निर्देशक राहुल गुप्ताले बताउनुभयो । उहाँले खेलकुद क्षेत्रका विभिन्न गतिविधिमा सहयोग गर्न आफु सधैं तयार रहेको र त्यसका लागि सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । खेलकुद क्षेत्रको विकास लागि युवा व्यवसायीहरुको हातेमालोले आगामी दिनमा खेलकुद क्षेत्रले फड्को मार्ने आशा व्यक्त गर्दै मञ्चका सल्लाहकार दिपक उपाध्यायले शारदा राईस मिललाई प्रायोजन गरेकोमा धन्यवाद ज्ञापन गर्नुभयो ।

पुस १५ गते हुने अवार्ड विभिन्न ६ विधामा दिईनेछ । बर्ष पुरुष खेलाडी, बर्ष महिला खेलाडी, बर्ष युवा खेलाडी, बर्ष प्रशिक्षक, स्पेशल अवार्ड र लाईफ टाईम एचिभमेन्ट अवार्ड प्रदान गरिने छ । चार वटा विधामा तीन÷तीन जनाको मनोनयन सार्वजनिक गरिनेछ भने स्पेशल अवार्ड र लाईफ टाईम एचिभमेन्ट अवार्डको घोषणा कार्यक्रम आयोजना हुने दिनमा नै गरिनेछ । अवार्ड अन्तर्गतको बर्ष पुरुष खेलाडीलाई शारदा राईस मिलले प्रायोजन गरेसँगै अवार्डका पाँच विधाको प्रायोजन भईसकेको छ ।

बर्ष महिला खेलाडीलाई निसर्ग अस्पताल, वर्ष युवा खेलाडीलाई केटिएम वाईक, बर्ष प्रशिक्षकलाई दिनेश सोप र स्पेशल अवार्डलाई माया मेट्रो हस्पिटलले प्रयोजन गरिसकेको अवार्ड कार्यक्रमका संयोजक तथा नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका महासचिव प्रदीप पाठकले जानकारी दिनुभयो । चार वटा विधाका विजेतालाई नगद २५ हजार सहित ट्रफी र मेडल प्रदान गरिनेछ भने स्पेशल अवार्ड र लाईफ टाईम एचिभमेन्ट अवार्ड पाउनेलाई नगद १० हजार सहित ट्रफी र मेडल प्रदान गरिने उहाँले जानकारी दिनुभयो ।


६ पुस २०७६, आइतवार १०:१५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु