प्राइभेट अस्पताल सुदुरपश्चिम प्रदेश समिति गठन : अध्यक्षमा जनकराज जोशी

धनगढी ,१८ पुष
प्राइभेट अस्पताल संघ सुदुरपश्चिम प्रदेश समिति आज धनगढीमा गठन भएको छ । समितिको अध्यक्षमा जनकराज जोशी चयन भएका छ्न । जोशी कैलाली अस्पताल धनगढीका संचालक हुन ।

संघका केन्द्रिय उपाध्यक्ष गजेन्द्रवीर चन्दको अध्यक्षतामा सुदुरपश्चिम प्रदेशका १७ वटा प्राइभेट अस्पताल संचालकहरुको उपस्थितिमा अधिबेशन सम्पन्न भएको थियो । उक्त अधिबेशनले नौ सदस्यिय प्रदेश समिती गठन गरेको हो ।

समितिको उपाध्यक्षमा हिक्मत सिंह चोपरा चोपरा अस्पताल डोटी , सचिव रमेश पाण्डेय सिपि अस्पताल धनगढी ,कोषाध्यक्ष धिरेन्द्र सांवद माया मेट्रो अस्पताल धनगढी चयन भएका छ्न ।

त्यस्तै सदस्यहरुमा भुपेन्द्र चाैधरि अाशा अस्पताल धनगढी ,विष्णु सापकोटा घाेडाघाेडी अस्पताल सुखड ,तिर्थराज पन्त निसर्ग अस्पताल धनगढी , लाेकराज भट्ट नाेभा अस्पताल धनगढी र वेद जाेशी सारथि अस्पताल धनगढी चयन भएका छ्न ।

समितिले सल्लाहकारमा पदमा अस्पतालका संचालक जे पी चन्द चयन गरेको छ ।


१८ पुस २०७६, शुक्रवार १२:०२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु