साताको पहिलो दिन घट्यो सुनको मूल्य
बजारमा आज सुनको मूल्य फेरि घटेको छ । सुनको मूल्य आज तोलामा ६ सय रुपैयाँ घट्दै प्रतितोला ९३ हजार तीन सय रुपैयाँमा झरेको छ ।
सुन शुक्रबार प्रतितोला ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ घट्दै प्रतितोला एक हजार एक सय ५० रुपैयाँमा झरेको छ । चाँदी शुक्रबार प्रतितोला एक हजार एक सय ६० रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।
११ असोज २०७७, आइतवार ११:३३ बजे प्रकाशित













