प्रधानमन्त्री ओलीले अचानक बोलाए मन्त्रिपरिषद बैठक
प्रधानमन्त्री केपी शर्मा ओलीले आज अचानक मन्त्रिपरिषदको बैठक बोलाएका छन् ।
बैठक मध्याह्न १२ बजे बस्ने प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । मन्त्रिपरिषदको नियमित बैठक सामान्यतया सोमबार र बिहीबार बस्ने गर्दछ । तर प्रधानमन्त्री ओलीले आइतबार नै बैठक बोलाएका छन् ।
बैठक बस्नेबारे पनि मन्त्रीहरुलाई शुक्रबार राति मात्रै जानकारी दिइएको थियो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले भने आजको बैठक नियमितजस्तै भएको बताएका छन् ।
११ असोज २०७७, आइतवार ०९:४५ बजे प्रकाशित













