punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख नाघ्यो

Chaupati
safha napa

कोरोना भाइरस संक्रमणबाट अमेरिकामा ज्यान गुमाउनेको संख्या दुई लाख नाघेको छ ।

अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्क अनुसार सङ्क्रमित हुनेको सङ्ख्या पनि अमेरिकामा ६८ लाख भन्दा बढी पुगेको छ । जुन देश विश्वभर अहिले पहिलो नम्बरमा छ।

नर्थ डकोटा, युटालगायत थुप्रै राज्यहरूमा सङ्क्रमितको सङ्ख्या बढिरहँदा मृत्यु हुनेको सङ्ख्यामा पनि वृद्धि भइ यो नयाँ तथ्याङ्क देखा परेको बिबिसीले उल्लेख गरेको छ ।

यसैबीच ट्रम्पले संयुक्त राष्ट्रसंघको महासभामा आफ्नो भाषणमार्फत् चीनविरुद्ध उग्र हमला गरेका छन्। पहिल्यै रेकर्ड गरिएको सम्बोधनमा उनले चीनमाथि विश्वमा कोरोनाभाइरस फैलाएको आरोप लगाएको बिबिसीले जनाएको छ ।

चीनले पनि त्यसप्रति कडा प्रतिक्रिया जनाएको छ। सम्बोधनका क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङले पनि भाइरसलाई लिएर गरिने राजनीतिको निन्दा गरे। ट्रम्पले विश्व स्वास्थ्य सङ्गठनलाई चीनले नियन्त्रण गरेको पनि दाबी गरेका थिए जुन टिप्पणीलाई विश्व स्वास्थ्य संगठनले अस्वीकार गर्दै आएको छ।


७ असोज २०७७, बुधवार ०७:४३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु