सुनको मूल्यमा फेरि उछाल, तोलामै रु ३ हजार ६०० बढ्यो

काठमाडौं। स्थानीय बजारमा आज सुनको मूल्य उल्लेख्य रूपमा बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला रु ३ हजार ६०० ले बढेर रु ३ लाख ५ हजार २०० पुगेको हो। शुक्रबार छापावाल सुन प्रतितोला रु ३ लाख १ हजार ६०० मा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला रु ५० ले वृद्धि भएको छ। आज चाँदी प्रतितोला रु ४ हजार ७१० मा कारोबार भइरहेको छ भने शुक्रबार यसको मूल्य रु ४ हजार ६६० थियो।

अन्तरराष्ट्रिय बजारमा समेत सुनचाँदीको मूल्य उच्च रहेको छ। अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज सुन प्रतिऔँस ४ हजार ३७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ। त्यस्तै, चाँदी प्रतिऔँस ६४ अमेरिकी डलरमा कारोबार भइरहेको जनाइएको छ।

स्थानीय तथा अन्तरराष्ट्रिय बजारमा देखिएको मूल्य उतारचढावसँगै नेपाली बजारमा सुनचाँदीको मूल्यमा समेत निरन्तर परिवर्तन भइरहेको छ।


३१ साउन २०८३, आइतवार १२:१० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु