बाजुराका बाढीपीडितलाई राहत

बाजुरा। बाजुराको त्रिवेणी नगरपालिकाले बाढीपहिरोपीडितलाई राहत वितरण गरिरहेको छ।
साउन २८ गते राति अविरल बर्सातसँग आएको बाढीपहिरोले जिल्लाको त्रिवेणी नगरपालिका–९, ताम्सुमा पहिरो जाँदा एकको मृत्यु, दुई घाइते र दुई घर पूर्ण रूपमा क्षति भएको छ। पहिरोका कारण क्षति बेहोर्दै आएका परिवारलाई राहत वितरणका लागि त्रिवेणी नगरपालिकाले जिल्लास्थित अन्य गैरसरकारी तथा सरकारी संस्थासँग समन्वय गर्दै एकद्वार प्रणालीबाट दिने गरी पालिका राहत वितरण कार्यमा जुटेको छ।
असार २८ गते राति परेको अविरल बर्सातका कारण पहिरोले पूर्ण रूपमा क्षति भएको यहाँका कर्ण थापा र धर्म थापाको परिवारको टहरा तथा अन्य जोखिममा परेका परिवारलाई त्रिपालसँगै अन्य खाद्यान्न सामग्रीको बन्दोबस्ती मिलाउने गरेर अहिले सबैसँग समन्वय गर्दै राहत वितरण कार्यमा जुटेको त्रिवेणी नगरपालिकाले जनाएको छ। त्रिवेणी नगरपालिकाको बागापाँटा, ताम्सु, ढडाली, पन्तालीलगायतका गाउँबस्ती अहिले बाढीपहिरोको उच्च जोखिममा रहेको त्रिवेणी नगरपालिकाका नगर उपप्रमुख कमला न्यौपानले बताइन्।
गत असार ३१ गते बिहान अविरल वर्षासँगै आएको बाढीपहिरोले यहाँका साउद, मिजार र सार्की टोल पनि पहिरोको उच्च जोखिमा परेको थियो। साउन साउन २९ गते फेरि ताम्सुको बस्तीसमेत जोखिमा परेको छ । बर्खाको समय यसरी लगातार परेको पानीका कारण यहाँका धेरै गाउँबस्ती जोखिममा पर्दै गएका छन्।
३१ साउन २०८३, आइतवार १२:०३ बजे प्रकाशित














