सामुदायिक वनबाट ६ थान भरुवा बन्दुक बरामद

कपिलवस्तु । कपिलवस्तुको वाणगंगा नगरपालिका–९, जिनुवास्थित खोजिपुर सामुदायिक वनबाट प्रहरीले ६ थान भरुवा बन्दुक बरामद गरेको छ।

इलाका प्रहरी कार्यालय पिपरा, कपिलवस्तुबाट खटिएको प्रहरी टोलीले सामुदायिक वन क्षेत्रमा खोजतलास गर्ने क्रममा जंगलको बीचमा रहेको जामुनको रुखको फेदमा बेवारिसे अवस्थामा राखिएका ६ नाल भरुवा बन्दुक फेला पारेको हो।

प्रहरीका अनुसार उक्त बन्दुकहरू कसले, कुन प्रयोजनका लागि र कहिलेदेखि त्यहाँ राखेको भन्ने विषयमा खुल्न सकेको छैन। बरामद गरिएका बन्दुकहरू नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले बरामद हतियारको स्रोत तथा त्यसमा संलग्न व्यक्तिहरूको पहिचानका लागि अनुसन्धान अघि बढाएको छ।


२७ साउन २०८३, बुधवार १५:११ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु