यस्तो छ आजको मौसम

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालको मौसम प्रणालीमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखाको प्रभाव रहेको जानकारी दिएको छ।
त्यस्तै स्थानीय वायुको आंशिक प्रभाव रहेको महाशाखाले जानकारी दिएको छ।
जसका प्रभावले मंगलबार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशको हिमाली र पहाडी भू– भागमा साधारणतया बादल लाग्नेछ। सुदूरपश्चिम प्रदेशको तराईमा आंशिक बादल लाग्ने महाशाखाले बताएको छ।
यस्तै, कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत लुम्बिनी प्रदेशको हिमाली र पहाडी भू–भागको थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशको तराई भू–भाग, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली तथा पहाडी भू–भागका एक –दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले बताएको छ।
बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानहरूमा तातो दिन हुने सम्भावना रहेको छ।
२६ जेठ २०८३, मंगलवार ०८:४४ बजे प्रकाशित













