सुकुम्बासी र अतिक्रमणकारी छुट्याइने प्रधानमन्त्री बालेनको स्पष्ट सन्देश

काठमाडौं।प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले सुकुम्बासी र अतिक्रमणकारी छुट्याइने स्पष्ट सन्देश दिएका छन् । नदीकिनारका बस्ती बर्सेनी डुबानमा पर्ने गरेको स्मरण गराउँदै अब भोटको राजनीति बन्द गरेर सुरक्षित बासको व्यवस्था गर्नुपर्नेमा जोड दिदैं शुक्रबार फेसबुकमा सुकुमबासी बस्ती डुबानको तस्बिरहरु पोस्ट गर्दै बालेनले लेखेका छन्, ‘बिर्सनुभयो कि सम्झनुहुन्छ, हरेक वर्षको बाढीका कारण काठमाडौँका नदीकिनारमा रहेका हजारौँ मानिस ज्यान मात्र जोगाएर आफ्ना सबै सामान छोड्दै भाग्नुपरेको अनि सरकारले उद्धार गर्नुपरेको दृश्य।’

जोखिमरहित व्यवस्थापन अव्यवस्थित बसोबासीको अधिकार रहेको प्रष्ट पार्दै प्रधानमन्त्रीले भनेका छन्, ‘अब पनि कुनै ठुलो दुर्घटना कुन दिन आउँछ भनेर कुर्दै बस्ने हो र हामी रु उहाँहरूको जीवनसँग खेलबाड गर्दै त्यही हालमा छोडेर अधिकार र भोटको राजनीति यसरी नै सधैँ गरिरहने रु उहाँहरूलाई उचित ठाउँमा व्यवस्थापन गर्नु उपयुक्त हुन्छ कि जसरी वर्षौँदेखि झुलाइयो, त्यसैगरी अबका वर्षहरूमा पनि झुलाइराख्नु रु नागरिकका रूपमा उहाँहरूले पाउने अधिकार त्यही अव्यवस्थित र डुबानको जोखिम भएको ठाउँमा बसिरहनु हो कि त्योभन्दा सुरक्षित ठाउँमा जानु हो रु पक्कै पनि जोखिमरहित व्यवस्थापन उहाँहरूको अधिकार हो।
नदीकिनारका अव्यवस्थित बस्तीले ढल निकास प्रणाली निर्माणमा समेत अवरोध पुगेको उल्लेख गर्दै बालेनले थापाथली, गैरीगाउँ र मनोहरालगायत क्षेत्रमा जोखिमपूर्ण अवस्थामा रहेका नागरिकलाई बल प्रयोग नगरी, मानवीयतालाई ख्याल गर्दै सुरक्षित रूपमा स्थानान्तरण गर्न लागिएको बताएका छन्।

आफूले निर्वाचनताका उम्मेदवारका रूपमा झापामा गरेको वाचा, वरिष्ठ नेताका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीको वाचापत्रमा लेखिएको प्रतिबद्धता अनि प्रधानमन्त्रीका रूपमा छानिएका ‘सरकारका १०० वटा गर्नै पर्ने काम’ सुकुम्बासी व्यवस्थापन बुँदा ९१ र सरकारी जग्गा अतिक्रमण तथा कब्जा रोक्ने बुँदा ९२० नबिर्सेको र ती पूरा गर्न छलफल गरिरहेको बताएका छन् ।

बालेनले लेखेका छन्। काठमाडौँका खोला किनार बाहेक अरू हजारौँ परिवार छन्, जो वास्तवमै पीडित छन्। अनि देशभर लाखौँ सुकुम्बासी छन्। त्यहाँको र यहाँको समस्या बिल्कुलै फरक हो। हामी सरकारमा छौँस अतिक्रमणकारी र सुकुम्बासी छुट्याउने नै छौँ ।

देशभरका वास्तविक सुकुम्बासीका लागि प्रक्रिया पूर्याएर यथाशक्य चाँडो जग्गा वितरण गर्ने र वर्षौँ पुरानो यो समस्याको स्थायी समाधान यहि सरकारले गर्नेछ सबैलाई
ढुक्क हुन बालेनले आग्रह गरेका छन् ।


११ वैशाख २०८३, शुक्रवार १८:३१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु