punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

चैतन्य पाठशालाले एसईई दिएका विद्यार्थीलाई निःशुल्क तालिम दिने

Chaupati
safha napa

धनगढी। कैलालीको धनगढी उपमहानगरपालिका–५, शिवनगरमा रहेको चैतन्य पाठशालाले माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएका एक हजार विद्यार्थीलाई निःशुल्क रूपमा क्षमता विकास तालिम दिने भएको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत सो विद्यालयले चैतन्य क्षमता विकास अभियान सञ्चालन गरेर एक हजार विद्यार्थीलाई क्षमता विकास तालिम दिने भएको हो ।

विद्यार्थीको व्यक्तित्व विकास, सिप अभिवृद्धि तथा भविष्य उन्मूख क्षमता विकासमा टेवा पुर्‍याउने उद्देश्यले निःशुल्क क्षमता विकास तालिम दिन लागेको विद्यालयका अध्यक्ष गणेशप्रसाद जोशीले जानकारी दिए । उनका अनुसार विभिन्न छ वटा विधामा क्षमता विकास तालिम प्रदान गरिने छ । अभियान अन्तर्गत व्यक्तित्व विकास, सार्वजनिक वक्तृत्व कला, प्रस्तुतीकरण तथा नेतृत्व विकास, योग तथा ध्यानमार्फत मानसिक सन्तुलन सम्बन्धी तालिम प्रदान गरिने पत्रकार सम्मेलन गरी जनाइएको छ ।

यस्तै, अंग्रेजी भाषा (सम्प्रेषण र लेखन), सूचना तथा सञ्चार प्रविधि अन्तर्गत कम्प्युटर, ग्राफिक डिजाइन, डिजिटल मार्केटिङ, भिडियो इडिटिङ तथा प्रोग्रामिङ, साथै आथित्यता र खेलकुद सम्बन्धी प्रशिक्षण दिइने जनाइएको छ । “एसईई दिएर एक महिनाको अवधिसम्म खाली बसेका विद्यार्थीका क्षमता अभिवृद्धिका लागि हामीले यो अभियान सञ्चालन गर्न गइरहेका छौं”, अध्यक्ष जोशीले भने,“यसले उनीहरूको क्षमता विकास, नेतृत्व विकासमा सहयोग पुर्‍याउने छ ।”

क्षमता विकास तालिम वैशाख ६ गतेबाट सञ्चालन गर्ने जनाइएको छ । चैतन्यले शिक्षा र संस्कारको संगम, पूर्वीय र पश्चिमी दर्शन, प्रकृति र संस्कृतिको सम्मान गरी तीन क्षेत्रलाई फोकस गरेर काम गर्दै आएको बताए ।


२८ चैत २०८२, शनिवार ०८:२१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु