punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अस्पतालबाट भागेका थुनुवा पक्राउ

Chaupati
safha napa

धनगढी । धनगढीमा अस्पतालबाट फरार भएका थुनुवा समातिएका छन्। धनगढी उपमहानगरपालिका– ७ मनहेराका ३२ वर्षीय मुकेश राना सेती प्रादेशिक अस्पतालबाट भागेका थिए।

लागूऔषध मुद्दामा जिल्ला प्रहरी कार्यालयमा थुनुवा रहेका रानालाई बिहीबार साँझ मिर्गी आएपछि उपचारका लागि प्रादेशिक अस्पताल लगिएको थियो। प्रहरीको निगरानीमा उपचार भइरहेको समयमा राना राति भागेका थिए।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले रानाको खोजी गर्दा धनगढीकै बङ्ग्राकटान क्षेत्रको सीमानाकाबाट उनलाई समातिएको जानकारी दिए। राना २४ चैतमा १३ ग्राम ब्राउन सुगरसहित पक्राउ परेका थिए।


२८ चैत २०८२, शनिवार ०८:२४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु