punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीमा दुई समूहबिच झडप, स्थिति नियन्त्रणमा लिन हवाई फायर

Chaupati
safha napa

कैलाली । धनगढी उपमहानगरपालिका–१३ मा मंगलबार साँझ दुई समूहबीच झडप हुँदा अवस्था तनावग्रस्त बनेको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले ६ राउन्ड हवाई फायर गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी नरेन्द्र चन्दका अनुसार झडप नियन्त्रणका क्रममा प्रहरीले बल प्रयोग गर्नु परेको हो । घटनामा असई डबल साउद र इन्सपेक्टर बलराम पाण्डे घाइते भएका छन् । दुवैको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीका अनुसार होली खेलेर बसेका केही व्यक्तिहरू मदिरा सेवन गरेको अवस्थामा सामान्य विवादबाट झडप सुरु भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । झडपका क्रममा कैलालीका एसपी चन्द चढेको गाडीमा समेत ढुङ्गामुढा प्रहार गरिएको बताइएको छ।

प्रहरीले घटनामा संलग्न १२ जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ परेकामाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घटनापछि उक्त क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ।


१९ फागुन २०८२, मंगलवार २३:१९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु