मंगलबार घट्यो सुनको मूल्य, अब प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । सुन तोलामा ९०० रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख एक हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य भने तोलामा २५ रुपैयाँले बढेर प्रतितोला चार हजार ८८५ रुपैयाँमा खरिदबिक्री भइरहेको हो ।


५ फागुन २०८२, मंगलवार ११:०५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु