punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बेलौरीमा जेनजीका माग माग सम्बोधन गर्न वार्ता टोली गठन

Chaupati
safha napa

कञ्चनपुर। जेनजी समर्थक समूहको माग सम्बोधन गर्न यहाँको बेलौरी नगरपालिकाले सर्वपक्षीय वार्ता टोली गठन गरेको छ । बिहीबार बसेको बेलौरी नगर कार्यपालिकाको बैठकले जेनजी समर्थक समूहको माग सम्बोधन गर्नका लागि नगर प्रमुखको अध्यक्षतामा जेनजी समर्थक समूहबाट सात जना सदस्य रहने गरी सर्वपक्षीय वार्ता टोली गठन गरेको हो ।

कार्यपालिका बैठकले नगर प्रमुख पोतोलाल चौधरी, उपप्रमुख जोगराम चौधरी, प्रमुख प्रशासकीय अधिकृत, नौं जना कार्यपालिका सदस्य, ५ दलबाट एक एक जना दलीय प्रतिनिधि र जेनजी समर्थक समूहबाट ७ जना सदस्य रहने गरी सर्वपक्षीय वार्ता टोली गठन गरेको प्रमुख प्रशासकीय अधिकृत रमेश बहादुर बुढाथोकीले बताए ।

यसैगरी, भौतिक पूर्वाधार पुनर्निर्माणका लागि सरकारले गठन गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा यस नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिको तर्फबाट एक दिन बराबरको पारिश्रमिक उक्त कोषमा जम्मा गर्ने निर्णय पनि बैठकले गरेको छ । नगर उपप्रमुख जोगराम चौधरीले कार्यपालिका बैठकले उक्त कोषमा नगरपालिकाको आन्तरिक राजश्व स्रोतबाट दुई लाख रुपियाँ जम्मा गर्ने निर्णय पनि गरिएको बताउनुभयो । जसले आन्दोलनका क्रममा सरकारी संरचना पुनर्निर्माणमा टेवा पुग्ने विश्वास लिइएको उनले बताए । यसैबिच, मङ्गलबार पालिकास्थित कर्मचारीले बन्द गरेका सेवा पुर्न सुचारु गरेका छन् ।

 


१० असोज २०८२, शुक्रवार १३:२६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु