punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

१० लाखमुनिका योजना कटौती गर्ने मुख्यमन्त्रीको प्रस्तावमा एमालेको असहमति

Chaupati
safha napa

धनगढी। सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशमा खर्च कटौतीका लागि १० लाखभन्दा कम लागतका योजनाहरू बजेटबाट कटौती गर्ने प्रस्ताव गरेका छन् । मुख्यमन्त्री शाहले बिहीबार धनगढीमा सर्वदलिय बैठक राखेर योजना कटौतीको प्रस्ताव गरेका हुन् । तर सत्ता साझेदार एमालेले यसमा असहमति जनाएपछि निर्णय हुन नसकेको बैठकमा सहभागी एक नेताले बताए ।

जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिमा सकारात्मक सन्देश दिनुपर्ने भन्दै शाहले योजना कटौतीको प्रस्ताव गरेका थिए । स्रोतका अनुसार योजना कटौतीको प्रस्तावमा भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्रबहादुर पाल र एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले असहमित जनाएका थिए । एमालेबाट मन्त्री बनेका पालले योजनाहरू कार्यान्वयनको प्रक्रिया सुरु भइसकेको दावी गर्दै कटौती गर्न नहुने धारणा राखेका थिए ।नेता रावल पनि योजना कटौतीको विपक्षमा उभिएका थिए । उनले खर्च कटौती गरेर सकारात्मक सन्देश दिनुपर्ने, तर योजना कटौती गर्न नहुने धारणा राखेका थिए ।

बैठकमा सहभागी एक सांसदका अनुसार भौतिकमन्त्री पालले पाँच लाखभन्दा कमका योजना कटौती गर्न सकिने बताएका थिए । प्रमुख प्रतिपक्षी माओवादी सुदूरपश्चिम संसदीय दलका उपनेता अक्कलबहादुर रावलले भने उक्त प्रस्तावको समर्थन जनाएका थिए । ‘२५ लाखभन्दा कमका योजना बजेटमा नराख्ने भनेर सरकार आफैले घोषणा गरेको थियो, तर योजनाहरू राखिए । हामीले त्यस्ता योजना कटौती गर्नुपर्छ भनेर सहमति जनायौँ,’ रावलले भने, ‘तर केही साथीहरूमा आफ्ना योजना जोगाउने चिन्ता देखियो ।’

 


१० असोज २०८२, शुक्रवार १२:१९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु