सुदूरपश्चिम विश्वविद्यालयमा डिन र क्याम्पस प्रमुखसहित नयाँ पदाधिकारीहरूको नियुक्ति
धनगढी । सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत विभिन्न सङ्कायहरूमा नयाँ पदाधिकारीहरूको नियुक्ति गरिएको छ ।व्यवस्थापन सङ्कायको डीनमा प्रा।डा। पदम राज जोशी पुनः नियुक्त भएका छन् । विज्ञान तथा प्रविधि संकायको डीनमा डा। प्रेमसिंह साउद नियुक्त भएका छन्। उनलाई नेपाल सरकारबाट राष्ट्रिय शिक्षा पुरस्कार–२०८१ प्रदान गरिएको थियो ।
प्राकृतिक स्रोत व्यवस्थापन तथा वन विज्ञान सङ्काय (स्कुल अफ फरेष्ट) मा उप–प्राध्यापक शिद्धराज पन्त डीन बनेका छन् ।त्यसैगरी कैलाली बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा डा. लोकबहादुर बिष्ट नियुक्त भएका छन् । नव नियुक्त पदाधिकारीहरूलाई विश्वविद्यालयका उपकुलपति डा। हेमराज पन्त र रजिष्ट्रार डा। विनोद लेखकले नियुक्तिपत्र दिँदै बधाई तथा शुभकामना दिएका छन् ।
३ असोज २०८२, शुक्रवार ०९:४५ बजे प्रकाशित












